बर्दिया— बुधबार रातिदेखि लगातारको वर्षाले बबई नदीको जलस्तर शुक्रबार बिहान ६ बजेसम्म ५ दशमलव २५ मिटरमाथि बगेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
Advertisement
बबईमा ६ दशमलव ८० मिटर पुगेपछि खतरा मानिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बबई तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन सर्तकता अपनाउन आग्रह गरेकी छन् । यसैबीच कर्णाली नदीमा जलस्तर बढ्दै गए जलको छ । पहाडी क्षेत्रमा पानी परिरहेकोले बबईमा जलस्तर बढ्ने जोखिमले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ । यसैबीच स्थानीय प्रशासनले नदीमा माछा मार्ने, दाउरा बटुल्ने काम नगर्न स्थानीवासीलाई सचेत गराएको छ ।









