३० भदौ बढैयातालमा बालमैत्री ब्यबहारकाे लागि अभिभाबक सचेतना सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

बढैयातालका जनप्रतिनिधि , बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु लाई बालमैत्री ब्यबहार सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
Advertisement
बालबालिका संग कसरी सकरात्मक ब्यबहार गर्ने र अभिभाबक लाई बिद्यालयमा कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
शिक्षण सिकाई डरत्रासको वातावरणमा नभएर बालमैत्री वातावरणमा हुनु पर्ने जोड दिदै प्रशिक्षक रबि किरणले जव सम्म बिद्यार्थी र शिक्षक बिच भावनात्क सम्बन्ध राम्रो हुदैन तव सम्म शिक्षण सिकाई प्रभाबकारी नहुने बताए ।
प्रशिक्षक किरणले शिक्षकका प्रकारका बारेमा जानकारी गराउदै जब सम्म शिक्षक सक्रिय हुदैनन तव सम्म शिक्षण सिकाई उपलब्धी मुलक नुहने भन्दै अहिले बिद्यालयमा तिन खालका शिक्षक रहेका छन् जसमा सक्रिय , निष्कृय र अति सक्रिय शिक्षक रहेका छन ।
जुन बिद्यालयमा निष्कृय र अति सक्रिय शिक्षक हुन्छन त्यस बिद्यालयको शैक्षिक गुणस्तर प्रभाबकारी नहुने बताउदै शिक्षकको अनुहारमा चमकता , सोचाईमा सकारात्मकता , काममा बफादारीता, ब्यबहारमा सरलता र हिडाइमा लचकता हुनु पर्नेमा प्रशिक्षक किरणले जोड दिए ।
बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधीकारीको अध्यक्षतामा तथा अध्यक्ष हिमालय त्रिपाठीको प्रुमुख आतिथ्यमा भएको कार्यक्रमका प्रशिक्षक करिएर फाउण्डेशन ट्रेनर नेपालका मोटिभेश्लन स्पिकर रबि किरणले बिभिन्न खेल , अनुभब , घटना र ब्यबहारीक जीवन संग मेलखाने कथा सहित सकारात्मक सोच , खुसिको महत्व , बच्चाले कसरी को वाट कसरी सिक्छन् ,भन्ने लगाएत प्रेरणादायी सफलताका पात्रा निक भ्यूइसिस ,बैज्ञानिक थोमस अल्बा एडिसन , र स्टिफिन हकिङको उदारण दिदै सहजिकरण गर्नु भएको जनाएको छ
।
प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाके यूनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा सनिवार भएको कार्यक्रममा बढैयातालका पालिकाका कार्यपालिका सदस्य , बिद्यालयका प्रधानाध्यापक ,शिक्षक , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु शिक्षा शाखाका प्रतिनिधी लगाएत ५० जनाको सहभागिता रहेको सशक्त बालिका परियोजना फिल्ड सुपरभाइजर रामबहादुर थारुले जनाएका छन् ।
कार्यक्रममा सिकेका र बुझेका कुराहरु लाई आफ्नो कार्यक्षेत्रमा देखिने र महशुस हुने गरि ब्यबहारमा लागु गर्न सेकेमा मात्र शिक्षण सिकाईमा सुधार हुने अन्यथा कार्यक्रमको लागि कार्यक्रम मात्र हुन सक्छ । त्यसैले सम्बन्धित जिम्मेवार ब्याक्तित्वले आफ्नो दायित्व र जिम्मेवार प्रति प्रतिबद्ध हुन जरुरी छ ।









