नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाउन ढिलाइ भइरहेका बेला कांग्रेस र माओबादीबीच मन्त्रालय लिन तिब्र मतभेड छ ।
सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भए पनि सरकारले पुर्णता पाउन सकेको छैन । माओबादीले सहमति अनुसार मन्त्रालय नपाएको असन्तुष्टी जनाउँदै मन्त्री समेत फिर्ता बोलाउने चेतावनी दिइसकेको छ ।
Advertisement
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पूर्वसहमति अनुसार आफूहरू टसमस गर्न सक्ने अवस्था नरहेको बताए। तर नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले भने लुम्बिनी सरकारको व्ययभार थप्ने गरी मन्त्रालय टुक्राएर सरकारलाई पूर्णता दिन नहुने बताइसकेका छन्।
माओवादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने भनेर पार्टीबाट नाम अनुमोदन गरी पपठाईएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले असोज १५ गतेभित्रै सरकारलाई पूर्णता दिने कसरतमा मुख्यमन्त्री चौधरी रहेको जानकारी दिए।
‘तीन वटा मन्त्रालय थप मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या १२ पुग्नेछ।









