बिश्व पर्यटन दिवसः ठाकुरबाबा नगरपालिकाद्धारा भोलि सार्वजनिक बिदा दिने निर्णय

 

बर्दिया — ठाकुरबाबा नगरपालिकाले असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल अनुसार ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवस मनाउन लागिएको हो ।

ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक र प्राकृतिक हिसाबले पनि बर्दिया पर्यटकीय क्षेत्रका रुपमा चिनाउनु रहेको छ। विश्व पर्यटन दिवसमा बर्दियाका होमस्टे, पर्यटकीय क्षेत्र र प्राकृतिक वातावरणलाई प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको छ ।
प्रदेश तथा जिल्लास्थित सरोकारवालासहित ३६ सदस्यीय मूल समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु