नेपालगन्ज — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म बाँके,बर्दियालगायतका जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
Advertisement
दुग्ध विकास संस्थानले कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी, बुटवललगायत गरी ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने र एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने जनाएको छ ।









