मानब वन्यजन्तु द्वन्द्वले बर्दियामा पाँच जनाको मृत्यु, ८ जना घाइते

बर्दिया । लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण एक वर्षमा ५ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्यु भएको थियो ।
त्यस्तै, एक वर्षको अवधिमा भेडा र बाख्रा २१७, गाई र भैँसी ३१, बङ्गुर ४५, हाँस र कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनविरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृग समेत घाइते भएका छन् ।

मानव वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारले वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको छ । गत आर्थिक वर्षमा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ भने १३ वटा नयाँ संरक्षण पोखरी बनेका छन् ।

Advertisement

वन्यजन्तुको वासस्थान नासिँदै जाँदा, आहाराको अभाव हुँदा र पानीका मूलहरू सुक्दा वन्जयन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ । वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु