कोहलपुर पिपरीमा पिर्का पिर्काले हानेर बुबाको हत्या

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उहाँका छोरा दिपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको बताउनुभयो ।

Advertisement

उहाँका अनुसार प्रारम्भिक अनुसन्धानका अनुसार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिन्छ । सोही समयमा छोराले बुवालाई पिर्काले हानेर दाहिने हातको नाडी, बायाँ आँखामा र बायाँ खुट्टाको घुँडा मुनी चोट लागेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो ।

गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले जानकारी दिनुभयो ।

डिएसपी भण्डारीका अनुसार पिर्का प्रहार गर्ने छोरा दिपबहादुर क्षेत्रीलाई आवश्यक अनुसन्धानका लागि इप्रका कोहलपुरमा ल्याएपछि उहाँले आफूले हानेर पिताको हत्या गरेको स्वीकारेका छन् । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु