बर्दिया — ठाकुरबाबा नगरपालिकाले आज असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्थालाई सार्वजनिक बिदा दिएको छ ।
ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवसउदघाटनका लागि लुम्बिनी प्रदेका मुख्य मन्त्री डिल्ली चौधरीले उदघाटन गरेका छन् ।
दिवसको उदेश्य ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक र प्राकृतिक हिसाबले पनि बर्दिया पर्यटकीय क्षेत्रका रुपमा चिनाउनु रहेको छ। विश्व पर्यटन दिवसमा बर्दियाका होमस्टे, पर्यटकीय क्षेत्र र प्राकृतिक वातावरणलाई प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको छ ।









