अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

गोरखा- अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात कार्यमा रोक लगाउन अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।

व्यवसायी स्थलमा सबैले देख्ने गरी व्यवसायी दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, मुल्यसूची आदि राख्न पालिकाले आग्रह गरेको छ । अजिरकोट गाउँपालिकाभित्र सञ्चालनमा रहेका व्यापार व्यवसायीहरूले हाल सम्म विक्री वितरण गरिरहेका अन्यत्रबाट आयातित कमसल ब्रान्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरुको प्रयोगबाट जनस्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा यस्तो कमसलको सामान बिक्री वितरण नगर्ने गाउँपालिकाले आग्रह गरेको हो ।

Advertisement

०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रममा “घर उद्योग“ नामाङ्कन दिई कोदोको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्दै अजिरकोट भित्र उत्पादन भएको कोदोको रक्सी मात्र प्रयोग गर्ने उद्देश्यले आयातित कमसल ब्रान्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरू आयात गर्न रोक लगाउने निर्णय भएकोले गाउँपालिकाले जनाएको छ ।

पालिकाले लिएको यस्तो नीति कार्यान्वयनमा सहयोग गर्नको लागि आ–आफ्नो व्यापारिक स्थानहरूमा रहेका बाहिरबाट आयातित कमसल ब्रान्डका रक्सीजन्य पदार्थ आजका मितिले १५ दिन भित्र खाली गरी सक्नुहुन तथा सो पश्चात् त्यस्ता खालका पदार्थ आयात नगर्न नगराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु