बर्दिया — प्रहरीले बर्दिया मधुवन नगरपालिका–८ हाटबजारस्थित कोठारी थारुको घरमा डेरा गरेर बस्ने भारत उत्तरप्रदेश बहराइच जिल्ला थाना मोतीपुर थाना उर्लाबजार घर बताउने सरोवर राइन बसेको कोठाबाट एक थान पेस्तोल फेला पारेको छ।
Advertisement
भारतीय नागरिक राईनले गत वैशाख २० गते थारुको घरको एउटा कोठा भाडामा लिएका थिए । गत भदौ २० गते भाडाको कोठा छोडर गएपछि घरबेटीले कोठा सफा गर्दा टुक्सन लेखेको सेतो फाइबरको झोलमा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









