बेनु क्षुद्रग्रहको नमुना पृथ्वी आइपुग्यो

बीबीसी ।  क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो तस्बिर स्रोत,NASA

सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा वर्णित एउटा क्षुद्रग्रहको धुलो नमुना अन्तत: पृथ्वीमा ल्याइएको छ।

Advertisement

बेनु क्षुद्रग्रहको अध्ययन गरिरहेको सातवर्षे अन्तरिक्ष मिशनले त्यसबारे एउटा नाटकीय निष्कर्ष निकाल्न लागेको छ।

ओसाइरिस-रेक्स अन्तरिक्षयानले क्षुद्रग्रह बेनुको सतहबाट सङ्कलन गरेको “माटो”का नमुनाहरू स्थानीय समयानुसार आइतवार बिहान १०ः५२ मिनेट जाँदा पृथ्वी आइपुगेको हो।

नासाले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा एउटा क्याप्स्यूलमा राखेर ल्याइएको उक्त पदार्थ अवतरण गराएको हो।

पृथ्वीमा अवतरण गर्ने क्रममा नजलोस् भनेर उक्त धुलोलाई क्याप्स्यूलभित्र सुरक्षापूर्वक राखिएको थियो।

त्यसबाट पृथ्वीको विगतबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुने ठानिएको छ।

वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक अध्ययनले ४.५० अर्ब वर्षअघि ग्रहहरूको उत्पत्तिबारे नयाँ जानकारी दिने र सम्भवतः पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने विषयमा पनि अन्तर्दृष्टि दिने अपेक्षा गरेका छन्।

उक्त क्याप्स्यूलबाट त्यसको हीटशील्ड र पछाडिको ढकनी निकालिएको थियो तस्बिर स्रोत,NASA
तस्बिरको क्याप्शन,
उक्त क्याप्स्यूलबाट त्यसको हीटशील्ड र पछाडिको ढकनी निकालिएको थियो

कहाँ खसालियो?
उक्त प्रोबले छाडेको क्याप्स्यूलले अमेरिकी रक्षा मन्त्रालयको स्वामित्वमा रहेको मरुभूमिमा अवतरण गरेको हो।

ओसाइरस-रेक्स परियोजनामा संलग्न सबैका लागि विशेष गरी उक्त क्याप्स्यूल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तिम १३ मिनेट डरलाग्दो हुने लागेको थियो। उक्त कन्टेनर टायर आकारको जत्रो छ।

उनीहरूले त्यो सुरुमा १२ किलोमिटर प्रतिसेकेन्डभन्दा बढी गतिमा खस्ने र त्यसको तापक्रम ३,००० डिग्री सेल्सिअसभन्दा बढी पुग्ने भनाइ थियो।

मरुभूमिमा ओर्लिएको क्याप्स्यूल लिन हेलिकप्टरहरू परिचालन गरिएको थियो तस्बिर स्रोत,NASA/KEEGAN BARBER
तस्बिरको क्याप्शन,
मरुभूमिमा ओर्लिएको क्याप्स्यूल लिन हेलिकप्टरहरू परिचालन गरिएको थियो

तर ‘थर्मलशील्ड’ र प्याराशूटको संयोजनले त्यसलाई मरुभूमिको सुरक्षित स्थानमा ल्याइएको थियो।

उक्त मिशनका प्रमुख अन्वेषक दाँते लौरेडोले अवतरणअघि बीबीसीलाई भनेका थिए, “हामीले आकस्मिक परिस्थितिहरूको लागि तयारी गर्न अत्यधिक समय खर्च गरेका छौँ, सबै गलत हुन सक्छ र सबै खाले डरलाग्दा चिजहरू जुन हामीले सामना गर्न सक्छौँ।”

“तर सबैभन्दा राम्रो कुरा के हो भने हामीले पर्याप्त अभ्यास गरेका छौँ र त्यसैले हामी तयार छौँ।”

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु