बढैयातालको बाल अधिकार कार्यान्वयन कार्यबिधि कागजमा सिमित कार्यान्वयन शुन्य

बढैयाताल गाउँपािलकाकाे बाल अधिकार कार्यान्वयन कार्यबिधि कगजमा सिमित अवस्थामा रहेको छ ।

कार्यबिधि कार्यान्वयनका लागि बजेट सहितको स्पष्ट योजना बन्न नसक्दा कार्यबिधि कागजमा मात्र समिति भएको हो ।

Advertisement

प्लान इन्टरनेश्नलको सहयोगमा बाके यूनेस्को क्लबले शुक्रबार मैनापाखेरमा गरेको बाल अधिकारर समितिको अवस्थाको समिक्षा र भाबि कार्ययोजना तयारी सम्बन्धी छलफल कार्यक्रमका सहभागिहरुले बालबालिकाको सर्वोत्तम हितको लागि पालिका गम्भिर नभएको आरोप लगाएका छन् ।

पालिकाले २०७६ सालमा बनाएको बाल अधिकार कार्यान्वयन कार्यबिधि , बालकोष सञ्चालन कार्यबिधी र बाल संरक्षण नीति बनाएता पनि कार्यान्वयनको अवस्था भने शुन्य रहेको स्थानिय नागरिक अगुवा बताउछन् ।

पालिकाको बार्षिक नीति तथा कार्यक्रममा बालबालिको सवाललाई प्राथमिकतामा नराख्दा बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन नभएको र बाल अधिकार समितिको बैढक वस्न पनि गैर सरकारी संघ संस्थाको मुख ताक्नु पर्ने अवस्था रहेको महिला तथा बालबालिका साखा बढैयाताकी प्रमुख सुजिता चौधरीले जनाएकी छन् ।

बालबालिकाको सवाल सम्वेदनशिल भएता पनि पालिकाको लागि भने यो सवाल गौण भएको स्थानिय नागरिक अगुवा बतउछन् । बाल दिवश मनाउदैमा बालबालिको संरक्षण , बिकास , बाच्न पाउने र सहभागिताको अधिकार सुनिश्चित भने नहुने अधिकारकर्मिकाे भनाई रहेको छ ।


बालअधिकार समितिको समिक्षा र भाबि कार्ययोजनाका तयारी सम्बन्धी छलफल कार्यक्रमका प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बालविबाहको अवस्थाको सर्वेक्षरण, टोल फ्रि. नम्बर , बाल कल्याण अधिकारीको ब्यबस्था गर्ने प्रतिबद्धा जनाए ।

पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य , वडाध्यक्षहरु , इलाका प्रहरी कार्यालय मैनापाेखरका प्रहरी निरिक्षक राजेश शाहु , शिक्षा शाखाकी प्रतिनिधि बिमला गुरुङ्ग , स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल , महिला बालबालिका शाखाकी प्रखुम सुजिता चौधरी , आई.टी. शाखाका प्रमुख कमल खड्का थोकी , नागरिक समाजका प्रतिनिधी , बाल अधिकार समितिका सदस्य लगाएतको सहभागिता रहेको उक्त कार्यक्रमकाे सहजिकरण बाके यूनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपाललीले  गरेका आयोजक क्लबकी फिल्ड सुपर भाइजर लक्ष्मी चौधरीले जनाएककी छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु