१२ असोज , बढैयाताल गाउँपालिकामा देखिएको गतिरोध अन्त्यको माग राख्दै प्रेस बिज्ञप्ती सार्वजनिक गरिएको छ ।
Advertisement
पालिका अध्यक्षको भुमिकाको कारण पालिकामा गतिरोध भएको भन्दै एमाले वाट निर्वाचित जन प्रतिनिधीहरुले गतिरोध अन्त्यको माग राख्दै प्रेस बिज्ञप्ती जारी गरेका हुन् ।
असार १० गते भित्र वजेट पास गर्ने कानुनि ब्यवस्था भए अनुसार तत्कालिन समयमा वजेट निमार्णका लागि कार्यपालिकाको बैठक बोलाउनु पर्नेमा पालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको वेवास्ताको कारण वजेट निमाण नहुदा पालिकाको काम ठप्प भएको सुक्रवार प्रकासित प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
समयमा वजेट निमार्ण नहुदा कर्मचारीको तलब , सामाजिक सुरक्षा भक्ता, गाउँपालिकाको आन्तरीक खर्च ब्यबस्थापन लगाएत सबै कामहरु गर्नका लागि २०७४ को परिक्षेद ४ दफा १९ को उप दफा ३ बमोजिम तुरुन्त बिशेष गाउँसभाको आह्वान गरि गतिरोध अन्त्य गर्न एमाले वाट निर्वाचित जन प्रतिनिधीहरू द्वारा हस्ताक्षेरित बिज्ञप्तीमा जोडदार माग गरिएको छ ।
२०७९ सालको स्थानिय निर्वाचनमा एमाले वाट निर्वाचित बढैयातालका २४ जना जन प्रतिनिधीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ बढैयाताल गाउँपालिकाको सवाङ्गीण विकासमा एमाले वाट निर्र्वाचित प्रतिनिधि सदैब प्रतिबद्ध रहेको छौ ।
पालिका अध्यक्ष लाई इङ्कित गर्दै अध्यक्षले लगाएको कपोल कल्पीत झुटा आरोपको चिरफार गर्न , गैर जिम्मेवार पूर्णक प्रस्तुत नगर्न , बिज्ञप्ती मार्फत पालिका अध्यक्ष लाई सचेत गराउन , पालिकाकाे काम लाइ जन मैत्री सहित चुस्त दुरूस्त बनाउन र गतिराेध अन्त्य गर्नका लागि पालिका अध्यक्षकाे ध्यानाकषर्ण गर्ने उद्देश्यले बिज्ञप्ती जारी गर्नु परेकाे बताउदै पालिका अध्यक्षकाे आफु निर्दोष साबित हुन अरुलाई झुटो आरोप लागाउने प्रवृतीले पालिका लाई अनिर्णयको बन्दी बनाएको भन्दै पालिकाको समग्र बिकासमा एमाले वाट निर्वाचित जन प्रतिनिधि कहिले बाधक नभएको र नहुने वडा न.८ अध्यक्ष तेजनाथ पौडेलले जनाएका छन् ।










