नेपालगन्ज । घर नजिकै रहेको पोखरीमा माछा मार्न गएका बाँके जिल्लाको जानकी गाउँपालिका ३ इन्द्रपुरका ९ वर्षीया बालक अर्थान अलीको डुबेर मृत्यु भएको छ ।
बालकका बाबु बसिर अलीले प्रहरीलाई दिएको जानकारी अनुसार घरदेखि करिव डेढ सय मिटरको दुरीमा रहेको पोखरीमा माछा मार्न गएका बेला चिप्लिएर पोखरीमा डुबेरका थिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले ती बालकको खोजी गरेर शव निकालेको थियो ।
Advertisement
बालकको शवलाई भेरी अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।









