खजुरा सिमलघारिका बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिइयो

नेपालगन्ज —बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी डेढ वर्षीया छोरीलाई आक्रमण गर्ने चितुवालाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ ।

एक हप्ताअघि साढे २ वर्षकी लक्ष्मी पुनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । भदौ ३० गते घरबाटै बेपत्ता भएकी पुनको असोज १ गते मात्रै घर भन्दा एक किलोमिटरपर जिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो ।

Advertisement

बालिकालाई खाने चितुवालाई १९ दिनपछि शुक्रबार बिहान नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुार नियन्त्रणमा लिइएको चितुवालाई वन कार्यालयमा राखिएको छ ।

राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित गिजरा सामुदायिक वनमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयवासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेका थिए ।

स्थानीयले बालिकालाई बाघले खाएको आशंका गरेका थिए । वन कार्यालयले असोज १ गतेदेखि तीन वटा खोरसहित केज र पाँच वटा सीसी क्यामेरासहित खोततलास सुरु गरेको थियो । चितुवाको खोजीमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयवासीको टोली परिचालन गरिएको थियो ।  ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु