नेपालगन्जमा आए राम

 

नेपालगन्ज— दसंैँको पहिलो दिन बिहिबारदेखि नेपालगन्जमा रामलिला सुरु भएको छ । यो क्रम रावमण बधसम्म चल्ने छ । अवधि संस्कृतिको अभिन्न अंग बनिसकेको रामलिला मन्चनका लागि राम, सीता, लक्ष्मण, हनुमान र रावणको टोली नेपालगन्ज आइपुगेको छ । घटस्थापनाका दिन रामको टोली नेपालगन्जमा शोभा यात्रा गरेको छ ।

Advertisement

स्थानीयले राम, सीतालाई नेपालगन्जमा भब्य स्वागत गरेका छन् । यस वर्ष रामलिला मन्चनका लागि भारतको बिन्द्रावनबाट कलाकारको टोली आएको छ । घटस्थापनादेखि सुरु हुने रामायणमा आधारित लिला रामको राज्याभिषेक (टिका) को रातसम्म जारी रहने छ । रामलिलाले नेपालगन्जको दसैंमा थप रौनक थपेको छ । ‘घटस्थापनाका दिनदेखि रामलिला सुरु भइक्यो । रावव बध र रामले अयोध्याको राजा भएको घटनाक्रमसम्म चल्छ,’ रामलिला सन्चालन समितिका अनुसार,‘रामलिला मन्चनका लागि सबैजसो कलाकारहरु आईसकेका छन् ।’

पछिल्लो समय नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कार भुल्दै गइरहेका बेला नेपालगन्जका रैथाने मधेसी समुदायले भने रामलिलाको संस्कारलाई जोगाउन सफल भएका छन् । यो वर्षको रामलिला मन्चनको १५२ औँ ऋखंलाल हो । रामलिला सन्चालनका लागि स्थानीयले १३÷१४ लाख बढी रुपैयाँ आफै जम्मा गरेर खर्च गर्दैछन् । पुर्खाले डेढ सय वर्षदेखि सुरु गरेको रामलिला संस्कारलाई आफ्नै खर्चमा जोगाउन पाएकोमा उनीहरु खुसी छन् । ‘यो हाम्रो संस्कार हो । यसलाई मर्न दिनु भएन,’ रँमलिला सन्चालक समितिका कनौडिया भन्छन्,‘रामलिलाले नैतिक शिक्षा दिन्छ । जु्न अहिलेको परिवेशमा निकै आवश्यक छ ।’ रामलिला संरक्षण नयाँ पुस्ताका लागि पनि गर्न आवश्यक छ ।’

रामलिला भगवान राम र सीताको जीवनीमा आधारित कथा हो । जसलाई कलालकारहरुले नाट्यरुपमा जीवन्त प्रस्तुत गर्छन । यो क्रम रावण बधसम्म चल्छ । सत्यमाथि विजयीको प्रतिकको रुपमा मनाईने बिजय दशमी (दसैं) भरी नेपालगन्जमा रामलिलाको रौनक रहन्छ ।
रामलिला मन्चनका लागि भारतको बिन्द्रावनबाट नाट्य टोली नेपालगन्ज आएको छ । रामलिला मन्चनका लागि कलाकार पाईदैन ।

त्यसैले पनि रामलिला यस क्षेत्रका लागि महगो पर्ने गरेको हो । कलाकारको पारिश्रमिकदेखि खाने, बस्ने र कला मन्चन ब्यवस्थापनका लागि लाखौँ रकम खर्च हुने गर्छ । रैथाने स्थानीयकै जन सहयोगमा रामलिलाको परम्परा जोगिएको हो । दसैंका अवसरमा समुदायमा सकारात्मक सन्देशको प्रचारप्रसार गर्न र राम राज्यको अनुभुति दिलाउन नेपालगन्जीयाहरुले परम्परालाई निरन्तरता दिएका हुन । त्यसो त सीमावर्ती भारतमा रामलिला मञ्चन सन १६४० मा सुरु भएकोे जानकारहरु बताउँछन् ।

बाँके बगियाको खुला चौरलाई रामलिला मैदान नामाकरण गरी मन्चनका लागि मन्च निर्माण गरिएको छ । जहाँ हरेक वर्षको दसंैंका अवसरमा रामलिला मन्चन हुने गरेको हो । ‘रामलिलामा रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहार बारे प्रस्तुत गरिन्छ । राम, सीता, रावण लगायतका प्रमुख पात्रको पारिश्रमिक ५० हजार भारु पर्छ ।

रावणका लागि थप डेढ लाख भारु खर्च हुने गरेको समितिले जनाएको छ । भारतको सीतापुरबाट रावण बनाउन कालिगड ल्याईन्छ । उनीहरुले करिव ४५ देखि ५० फिट आग्लो कदको रावण बनाउन १ लाख १० हजार भारु लिन्छन् ।

रावण बधका दिन हजारौ सर्वसाधारणहरुको उपस्थितीमा पट्का पड्काएर रावणको मुर्तिमा पटका पटकाएर बिजय उत्सव मनाउने परम्परा छ । रामलिलाका कलाकारहरुका लागि मात्रै चार लाख भारु खर्च हुने गरेको छ । नेपालगन्जको रामलिला मैदानमा रामलिला राति ८ वजेदेखि १२ बजेसम्म मन्चन गरिन्छ । रामलिला हेर्न सयौँ दर्शकहरु पुग्ने गर्छन ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु