खजुरा गाउँपालिका मनकामनामा करेन्ट लागेर मृत्यु

काठमाडौं- बाँके, खजुरा गाउँपालिका-६ मनकामना बस्ने २६ वर्षीय आलमदार खाँ को करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित घरमा विवाहको टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुशिल कोईराला क्यान्सर प्रखर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, लक्ष्मिनिया गाउँपालिका-५ बनिनिया बस्ने ४५ वर्षीया निरो देवी यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरमा मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु