चितवन- माडी नगरपालिका-९ बाँदरझुलाको प्लट नम्बर-५ बाट अवैध लागूऔषध गाँजा करिब ९० किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मकैबारी भित्र ८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









