बर्दिया- गुलरिया नगरपालिका ६ स्थित बर्दिया अस्पताल गुलरियाको फार्मेसी शाखामा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ४२ हजार ९ सय २० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









