खजुराको गिजरा सामुदायिक वनबाट थप एक चितुवा नियन्त्रणमा

 

खजुराबाट थप एक चितुवा नियन्त्रणमा सामुदायिक वनबाट शुक्रबार थप एक चितुवा नियन्त्रणमा लिइएको छ । बाँके राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित गिजरा सामुदायिकक वनमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेका थिए ।

Advertisement

 

‘वनका नजिक बस्तीहरू भएकाले मानवीय क्षती नहोस् भनेर चितुवालाई नियन्त्रणमा लिइएको हो,’ डिभीजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले भने, ‘अब यो चितुवालाई वन कार्यालयको पिँजडामा लगेर राख्ने योजना गरिरहेका छौँ ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका वीरेन्द्र पुनकी डेढ बर्षीया छोरीलाई आक्रमण गर्ने चितुवालाई पनि एक हप्ताअघि नियन्त्रणमा लिइएको थियो । चितुवाको आक्रमणमा परेकी वीरेन्द्र पुनकी छोरी लक्ष्मी पुनको मृत्यु भएको थियो ।

 

खजुरा गाउँपालिका अध्यक्ष डम्मर विकले चितुवालाई नियन्त्रणमा लिइएपछि आक्रमणमा परेर बालिकाको मृत्युले त्रसित भएका वनक्षेत्र नजिकका गाउँका मानिसहरूले राहत महसुस गरेको बताए ।

डिभीजन वन कार्यालय बाँकेका अनुसार नियन्त्रणमा लिइएका पहिलो चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो भने शुक्रबार नियन्त्रण लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा राखिने छ । ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु