कैलालिमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

 

धनगढी, असोज २६ गते । कैलालिको चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको बन्चरो प्रहार गरि हत्या गरेका छ्न । प्रदेश प्रहरीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको ज्यान गएको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटेको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने डम्मरलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु