कोहलपुरको पिपरिमा कामिको हत्या

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको नभएको शव भेटिएको छ । उनको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको शंका प्रहरीले गरेको छ ।

कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा हत्या गरिएको अवस्थामा शनिबार राति सो शव फेला परेको हो ।

Advertisement

राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु