परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ मा करेन्ट लागेर स्थानीय ३५ वर्षीय जयप्रकाश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
Advertisement
घर अगाडि रहेको बिजुलीको पोलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका यादवको उपचारको लागि पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।









