कोहलपुरमा १३ बर्सिया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा ५ युवा पक्राउ

नेपालगन्ज । १३ बर्सिया किशोरीलाई प्रलोभनमा पारि  कोहलपुर नगरपालिका वडा नम्बर ११ सुर्खेत रोडस्थित एक होटलमा लागेर सामुहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार उनिहरुले असोज २७ र २८ गते दुई दिनसम्म होटलमा राखेर किशोरिलाई बलात्कार गरेका थिए ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया,  डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्की र जीवन रोकाया  रहेका छ्न् ।

Advertisement

इलका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु