Advertisement
कास्की । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको समाचार बाहिर आएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाह नेपालगञ्जबाट अदालत आएर प्रहरी अधिकारीसंग छलफलमा जुटेपछि उक्त समाचार बाहिरिएको हो । कास्की जिल्ला अदालतका ७ जना न्यायाधीशहरुमध्ये ६ जना न्यायाधीश आज विदामा रहेका छन् । न्यायाधीश शाह अहिले प्रहरी अधिकारीहरुसँग संवादमा रहेका छन् ।








