काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय गोतामे पक्राउ परेकिछ्न् ।
उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्रा गौतम मिश्रले बताए ।
Advertisement
प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।
उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।
बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ । पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।









