डुड्वाको बाल सुधार गृहबाट फरार एक जना फेला

 

 

Advertisement

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा असोज ४ गते राति १० बजे बाल बालबन्दीबीच झडप हुदा फरार भएका चारमध्ये एक जना दैलेखबाट पक्राउ परेका छ्न ।
बाँके र दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई महाबु गाउँपालिकाबाट पक्राउ गरेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

बाल सुधार गृहबाट फरार अन्य तीन जना अझै फेला परेका छैनन् । उनीहरूको खोजीका लागि टोली परिचालन गरिएको डीएसपी डाँगीले सुनाए । यस वर्ष २५४ बालबन्दी रहेको सुधार गृहमा भएको झडपमा एक बालबन्दीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ६४ जनालाई प्रहरी कार्यालयका विभिन्न इकाईमा राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु