दाङकी उर्मिला चौधरीलाई अमेरिकी आवर्डले सम्मान

दाङ । अमेरिकी सरकारले सन् २०२४ का लागि ग्लोबल एन्टी रेसिजम अवार्डसहित दाङकी अभियन्ता उर्मिला चौधरीलाई सम्मान गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयलले देउखुरीकी चौधरीलाई उक्त सम्मान प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा चौधरी उलेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै सम्मान गरेको हो । त्यसैका लागि उनलाई अमेरिकी सरकारले सम्मान गरेको हो।

Advertisement

चौधरी नाबालिका छँदादेखि नै अरुको घरमा कम्लहरी बस्न बाध्य पारिएकी थिइन्।

 

दूतावासले प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उर्मिलाले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु