सुर्खेत, कात्तिक ८- बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको गाडी नम्बर कर्णाली प्रदेश ०२००१ ख १०१४ गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको हो। दुर्घटनामा अरु पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो। चिकित्सकले लगत्तै मृत घोषणा गरेका थिए।









