पोेखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि ६ अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो।
Advertisement
गत शुक्रबार केन्द्रीय कार्यालय चस्मतिबाट लामिछाने पक्राउ परेका थिए। लगत्तै उनलाई पोखरा लगिएको थियो। सभापति लामिछाने पक्राउ भएदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ। पार्टीले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ।
सभापति लामिछानेमाथि सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो।









