सत्तारुढ दलको बैठक बस्दै

 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बोलाइएको छ ।

Advertisement

बैठकमा सरकार र मन्त्रीहरूका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार मात्र सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन् । जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु