दाङ — पिङ खेल्न गएका दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका बेला सशस्त्र प्रहरी कार्यालय नजिक बनाइएको पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । उनीहरुबीरुद्ध जाहेरी परेपछि बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
सशस्त्र प्रहरीले बलात्कार गरेको भन्दै स्थानीयले गण घेराउ तथा प्रदर्शन गरेका थिए । लामो समय स्थानीयले दबाब दिएपछि सशस्त्र प्रहरीले बुधबार आफैं आरोपितलाई प्रहरीको जिम्मा लगाएको हो । उनीहरूलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।









