काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकारले सार्वजनिक गरेको १०० दिने प्रगतिको नेपाली कांग्रेस सन्तुष्ट रहेको छ । कांग्रेस सभापति देउवाले सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि जनाएका छन्।
असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए।
Advertisement
‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु,’उनले भनेका छन् । उनले विपदका बेला पनि सरकारले राम्रो काम गरिरहेको बताए।
ी








