काठमाडौँ । आगामी मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुँदैछ ।
Advertisement
उपनिर्वाचन
कोशी प्रदेश मोरङ जिल्लाको ग्रामथान गाउँपालिका अध्यक्ष पद, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका –६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र उदयपुरको बेलका नगरपालिका–९ मा वडाअध्यक्ष / ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन हुँदैछ ।
मधेश प्रदेश
सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको तीन स्थानहरु इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
बागमती प्रदेश
काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा काठमाडौँ महानगरपालिका–१६, नुवाकोटाको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ र कीर्तिपुर नगरपालिकाको वडा नं १ र ४ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको गोरखा नगरपालिका–५ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
लुम्बिनी प्रदेश
गुल्मीको मुसिकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
कर्णाली प्रदेश
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५, रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
सुदूरपश्चिम प्रदेश
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष तथा बझाङको सूर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।आयोगका अनुसार कैलाली जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन हुँदैछ ।
आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । मतदान मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने छ ।









