बर्दिया – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्बाचानमा सहभागी हुने उमेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ । आयोगले बिज्ञप्ति जारि गरि उक्त सिमा तोकेको जान्कारि दिएको हो ।
Advertisement
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने छ्न ।
त्यस्तै महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ