बर्दियामा द्धन्द्ध पीडितका समाचार लेखनमा पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
Advertisement
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको समन्वयमा द्धन्द्ध पीडित समिति बर्दियाले आयोजना गरेको कार्यशालामा पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
यूरोपियन द स्टोरी किचेनको सहयोगमा भएको कार्यशालामा संक्रमणकालिन न्याय र महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताब न.१३२५ र १८२० सम्बन्धीको दोश्रो राष्ट्रिय कार्ययोजनाका बारेमा अभिमुखिकरण , छलफल तथा अन्तरक्रिया समेत गरिएको जनाएको छ ।
टाइगर भिल्ला रिर्सोट मधुवन १ पत्थरबोझीमा सनिवार भएको कार्यक्रममा द्धन्द्ध पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले बर्दियामा २०६३ साल देखि द्धन्द्ध पीडितहरुको क्षेत्रमा मात्रै काम गर्दै आएको बताउदै नेपालमा शान्ति प्रकृया र संक्रमणकालिन न्यायको लागि सहजिकरण गर्नुको साथै सबै वाट पीडित भएका ब्यक्तिहरुको लागि समेत द्धन्द्ध पीडित समिति बर्दियाले काम गर्दै आएको बताउनु भयो ।
द्धन्द्ध पीडित समिति बर्दियाका अध्यक्ष चौधारीले संक्रमणकालिन न्याय के हो ? , संक्रमणकालिन न्यायको उद्देश्य , चरित्र , मापदण्ड तथा उपायहरु , सत्यको खोजि भनेको के हो ? सत्यको खोजि किन महत्वपूर्ण छ ? , सत्य अधिकार र अन्य अधिकार , सत्य आयोग , अदालत र सत्य आयोग विचको फरक , परिपुरण र परिपुरणका छनोट लगाएतका संक्रमणकालिन न्याय संग सम्बन्धीत सवालका बारेमा सहजिकरण गर्नु भएको सस्थाले जनाएको छ ।
स्टोरी किचन नेपालकी संयोजक मिना बि.क.ले संक्रमणकालिन न्याय संग सम्बन्धीत दोश्रो चरणको राष्ट्रिय कार्ययोजनाको प्राथमिकताका क्षेत्रहरुको लगाएतका बारेमा र ठाकुरबावा नगरपालिकाकी उप प्रमुख एवम ्संक्रमणकालिन न्याय सम्बन्धी आवाश्यक्ता पहिचान उपसमितिका संयोजक बिना भट्टराईले ठाकुर वावा नगरपालिकाको परिचय सहित संक्रमणकालिन न्यायका लागि स्थानियतह बाट भएको असल अभ्यास र प्रयासहरुको बारेमा सहजिकरण गर्नु भएको जनाएको छ ।
बाके बर्दियाका क्रियाशिल ४२ जना पत्रकारहरुको सहभागिता रहेको कार्यशालामा पत्रकार माहासंघ नेपाल बर्दिया शाखाका अध्यक्ष यादब आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे , पत्रकार माहासंघ बर्दिया पुर्व अध्यक्ष राजेन्द्र धिताल , प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञ प्रसाद सापकोटा , प्रेस युनिनियनका अध्यक्ष्य दिपकलाल श्रेष्ठ , प्रेस सेन्टरका सचिब टिकाराम चौधरी लगाएतले कार्यक्रमको प्रंशसा सहति द्धन्द्ध र अन्य वाट पीडित भएकाहरुको बारेमा समाचार लेखनमा प्राथमिकता र सकारात्मक भुमिका रहने प्रतिबद्धता जनाएका द्धन्द्ध पीडित समित बर्दिया कार्यक्रम संयोजक मानबहादुर थारुले जानकारी दिनु भयो ।