बबईमा बगेर एक बालक बेपत्ता

दाङ- बबई नदीमा नुहाउन गएका तीन जना मध्ये एक बालक बेत्तपा भएका छन्।

घोराही उपमहागनरपालिका-५ का ७ वर्षीय निशान डाँगी बबई नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए।

Advertisement

आइतबार बिहान १० बजेतिर तीन जना बालक बबई नदीमा नुहाउन गएका थिए।

तीन मध्ये दुई जनाको स्थानीयले उद्धार गरेपनि एक जना बालक बगेर बेपत्ता भएको हो। ती बालकको खोजी भइरहेको एसपी तिमिल्सिनाले बताए। उनको खोजी गर्न प्रहरी खटिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु