बर्दिया मधुवनमा भरुवा बन्दुकसहित तीन जना पक्राउ

बर्दिया । बर्दियाको मधुवन नगरपालिका ३ कोठिया सामुदायिक वनबाट एक वटा भरूवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । बर्दिया प्रहरीका अनुसार पक्राउ पर्नेमा राजापुर नगरपालिका १० नर्सरी का ६३ वर्षीय चन्द्रबहादुर भण्डारीसहित तीन जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु