सल्यानमा दुर्घटना: ४ को मृत्यु, ७ घाईते

 

सल्यान । सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेत र घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।

अन्य ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार
घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु