काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज साँझ ५ बजे ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
Advertisement
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।