काठमाडौँ— सरकारले घोषणा ग।रेको निषेधित क्षेत्र बालुवाटार क्षेत्रमा प्रदर्शनमा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीसमेतलाई प्रहरीले पक्राउ गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रदर्शन सुरु भएलगत्तै प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन् ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए ।