रूपेडिहाबाट लागूऔषध लगेर दांगमा कारोबार गर्ने ‘आन्टी’ पक्राउ

 

दाङ — नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रूपेडिहाबाट लागूऔषध लगेर दांगको तुलसीपुरमा बेचबिखन गर्दै आएको आरोपमा ‘आन्टी’ नामले चिनिने तुलसीपुर उपमहानगरपालिका –८ दुधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागूऔषध दुर्व्यसनीहरूले उनलाई आन्टी भनेर चिन्ने विश्वकर्मा मुख्य आपूर्तिकर्ता रहेको जानकारी प्रहरीले पाएपछि अपरेसन आन्टी’ सञ्चालन गरी पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

केही समय पहिले विश्वकर्मा तुलसीपुरस्थित एक मेडिकलमा काम गरेकी थिईन । नशालु औषधिबारेमा थाहा पाएपछि उनले कारोबार थालेकी थिइन् । केही समय उनले सडकपेटीमा तरकारी बेच्ने बहाना गरी लागूऔषध समेत बेच्ने गरेको प्रहरीको दाबी छ।

विश्वकर्माको साथबाट ३५ वटा पत्तामा ३५० वटा ट्रामाडोल फेला परेको थियो। उनको घरमा खानतलासी गर्दा २ हजार ३ सय ४०ट्याबलेट फेला परेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु