बर्दिया- मौसम पुर्बानुमान महाशाखाका अनुसार तिन प्रदेशको पहाडि जिल्लामा तिहारमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको ।
Advertisement
महाशाखाले विशेष बुलेटिन जारि गरि यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने देखिएको जनाएको छ ।
साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ ।
।









