नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने पक्राउ

 

Advertisement

 

भदौ २० । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका टुप्चे घर भयुटार बस्ने ४नेपाली७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ ।
पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका  थिए ।

 

कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् ।

रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । जहाँ उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु