सुनवल नगरपालिकाका सामुदायिक विद्यालयमा शनिबार पनि पठनपाठ

 

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले शनिबार पठनपाठन संचालन गरेका छन् ।

Advertisement

ईकान्तिपुरका  अनुसार शिक्षा विधेयकको विरोधमा काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै सोधभर्नाबापत बिदाको दिन पनि विद्यालय संचालन गरिएको हो ।
सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले दुई दिन अवरुद्ध भएको पठनपाठन शनिबार १३ र २७ गते बिदाको दिन विद्यालय संचालन गर्ने निर्णय गरेको महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले बताए ।

आन्दोलन हुँदा अवरुद्ध भएको पठनपाठन विभिन्न विकल्पद्वारा शोधभर्ना गर्ने भनी गरिएको प्रतिबद्धताअनुरुप पठनपाठन संचालन हुनु सकारात्मक भएको अभिभावकको भनाइ छ । शनिबार विद्यालयहरु संचालन हुँदा विद्यार्थीहरुको उपस्थिति भने कम थियो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु