एक सातापछि देशैभरि चिसो बढ्ने सम्भावना

काठमाडौं/रासस-   एक सातापछि काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्ने सम्भावना रहेको छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन्।

Advertisement

sikta

‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्बर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरू हुन्छ, सामान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरू हुन्छ।’

शुक्रबार रातिसम्म काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षा समेत भएकाले चिसो सुरू भएको छ।

चिसोयाम सुरू भएपछि मानिसलाई दम, रूघाखोकी, ज्वरो लगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरूले सुझाव दिएका छन्।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु