नेपालगन्जमा मोटर साईकल दुर्घटना: एकको मृत्यु ,एक गम्भीर

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क बाइपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्ज ६ डेरा गरी बस्ने २६ वर्षीय अमनकुमार कसौंधन (गुप्ता) को मृत्यु भएको छ । दुर्घटनामा परि नेपालगन्ज ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छ्न ।

घाइते शेखको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारपछि थप उपचारका लागी लखनउ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ४ बाइपासबाट गणेशपुरतर्फ जाँदै गरेको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

सो दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते गम्भीर घाइते भएको र उपचारका लागि नर्सिङ होम नेपालगन्ज बाँकेमा ल्याइएकोमा चिकित्सकले कसौधनलाई आइतबार राति मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु