झडपपछि सुधार गृहबाट भागेका तीनजना अझै सम्पर्कमा आएनन्

 

 

Advertisement

नेपालगन्ज — असोज ४ गते बालकहरूबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार चार बालकमध्ये तीन अझै सम्पर्कबिहिन छन्। सुधार गृहका बालकहरूबीच झडप हुँदा एकको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

चोरी मुद्दामा सुधार गृहमा बसिरहेका एक बालकलाई प्रहरीले दैलेखमा फेला पारेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार दैलेखको जंगलमा लुकेर बसेको अवस्थामा बिहीबार ती बालकलाई पक्राउ गरेको हो । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका क्रममा सुधार गृहमा रहेका बर्दिया, दैलेख र कैलालीका तीन बालक फरार छन् ।

 

अघिल्लो बिहीबार भएको झडपमा बुटवलका सुलभ केसीको मृत्यु भएको थियो । घटनापछि ७६ जनालाई नेपालगन्जका विभिन्न प्रहरी कार्यालयका इकाइमा राखिएको छ । सुधार गृहको सुरक्षामा सादा पोसाकमा ११ प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु