लेखनाथ । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराउँदा उक्त पार्टीका नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीका अनुसार छ जनालाई पक्राउ गरिएको छ ।
Advertisement
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेको पक्षमा रास्वपा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्र तोड्ने खोजेपछि अश्रुग्याँस प्रहार भएको जनाए ।
लामिछाने कात्तिक २ गते पक्राउ परेपछि ३ गतेदेखि नै रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ ।








