बाँके । खेतमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका २ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
थारूले ती किशोरीलाई कात्तिक १९ गते राति खेतमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे अनुसन्धानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









